Below Menu
Below Menu

अव्यस्थित तार हटाउँदै महानगर

अव्यस्थित तार हटाउँदै महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले अव्यस्थित तार हटाउन १५ दिनको समय दिएको छ।

महानगरपालिकाले सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई निर्देशन दिएको हो।

महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघ/संस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई सङ्केत चिन्ह लगाउन निर्देशन दिएको छ ।

महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैले हटाउने उल्लेख गरेको छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ । सम्बिन्धत संघ/संस्था र निकायलाई पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि अटेर गरिएको महानगरपालिकाले जनाएको छ । 

Advertisment

थप समाचार