महासंघमा स्थायी समिति र सदस्यता समिति गठन  

महासंघमा स्थायी समिति र सदस्यता समिति गठन  

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले स्थायी समिति र सदस्यता समिति गठन गरेको छ। महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ। 

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन भएको हो । स्थायी समितिका सदस्यहरूमा महासंघका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, कोषाध्यक्ष, प्रदेश महासंघमा निर्वाचित अध्यक्षहरू रहेका छन्। 

त्यसैगरी सदस्यता समितिका सदस्यहरूमा महासंघका तीन जना उपाध्यक्षहरूलाई मनोनयन गरिएको महासंघले जनाएको छ।

थप समाचार