Below Menu
Below Menu

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं : सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा रोकिएको हो ।

आज कारोबार भएका २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ समूहको उपसूचक ८.३०, विकास बैंक ११.९४, वित्त कम्पनी २१.४१, होटल ४२.४९, होटल ३६.५६, जीवन बीमा ९१.८८, उत्पादन तथा प्रशोधन समूहको ९.३७, माइक्रोफाइनान्स ५९.१६, निर्जीबन बीमा ३७.६८, अन्य समूहको १५.१३ र ट्रेडिङ समूहको उपसूचक ६७.०९ अकले घटेको छ ।

नेप्सेका अनुसार आज मायाखोला हाईड्रोपावर र एशियन हाईड्रोपावरको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ।साथै, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । बैंकको २१ करोड ७४ लाख ६४ हजार ८६८ रुपैयाँको सेयर किनबेच भएको छ ।

Advertisment