वर्ल्डलिंकमा भित्रियो एक अर्ब ९८ करोड लगानी

वर्ल्डलिंकमा भित्रियो एक अर्ब ९८ करोड लगानी

काठमाडौं : नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को  १ अर्ब ९८ करोड संयुक्त लगानी प्राप्त गरेको छ । 

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ताबाट ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड नेपाली रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपीयाँ बराबरको लगानी वल्र्डलिंकले प्राप्त गरेको हो । 

जुन इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो । सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाईसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्ककै सबैभन्दा उच्च हो । 

वर्ल्डलिंक ७ लाख ५० हजार भन्दा बढी ग्राहकहरु भएको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो । कम्पनीले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरुलाई गति दिने कार्य गरिरहेको छ । वल्र्डलिंक देशको सबैभन्दा ठूलो रोजगार प्रदायक कम्पनी पनि हो । हाल यस कम्पनीमा ५ हजार ५ सय कर्मचारीले रोजगारी पाएका छन् । बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्नेछ । 

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले पनि लगानीले सीप विकास र तालिम कार्यक्रमहरु विस्तार गर्न तथा स्वास्थ्य र सुरक्षा मापदण्डको गुणरस्तर अभिवृद्धिमा प्रगति हुने अपेक्षा कम्पनीले गरेको छ । 

कर्णाली उच्च पहाडी र कम विकसित क्षेत्रमध्येको एक तथा कठिन भौगोलिक भूभाग भएपनि वल्र्डलिंकको फाइबर टु दि होम (एफटीटीएच) मार्फत सेवा दिन सफल भएको छ । साथै कम्पनीको इन्टरनेट सेवा छत्रकोट गाउँपालिका र रुरु गाउँपालिका जस्ता देशका विभिन्न ग्रामीण भागमा पुगेको छ । धेरै हजार किलोमिटर फाइबर विछ्याएर यो हासिल गरिएको छ । कम्पनीसँग हाल २० लाखभन्दा बढी होमपास (पोर्ट) को क्षमता छ । 

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरेनेट विस्तारको गतिविधिहरुलाई गति दिनेछ । वर्ल्डलिंकले साना तथा मझौला उद्यमी तथा घरपरिवारलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउनेछ । गुणस्तरीय इन्टरनेटले उद्यमहरुको विकासलाई मात्र होइन, अन्तर्राष्ट्रिय बजारसँग पनि जोड्नेछ । 

अन्य एशियाली राष्ट्रहरुको तुलनामा, नेपालको पहुँच डिजिटल पहुँचमा कम छ, जसले समुदाय र व्यवसायको विकासमा वास्तविक चुनौतीहरु सिर्जना गरेको छ । सर्वसाधारणका लागि सस्तो र गुणस्तरीय इन्टरनेटको पहुँचमा सुधारले नेपालको आर्थिक वृद्धि र समग्र विकासमा योगदान पुर्याउनेछ । यो संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यमध्ये एक पनि हो । 
लगानीकर्ताको विश्वासमा आँच आउन नदिने कुरामा प्रतिवद्ध रहेको वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले बताए । २७ बर्षको समर्पण र दूरसञ्चार क्षेत्रमा विश्वासको परिणाम भएको समेत उनले बताए ।

हृदयपूर्ण सहायताले वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा रुपान्तरण गर्ने लक्ष्य राखेको उनको भनाई छ । साझेदारीले ‘जुनसुकै बेला र जहाँ पनि जडान’ गर्ने हाम्रो उद्देश्यलाई अभिप्रेरित गरेको छ र नेटवर्कको थप विस्तारका लागि गति दिन थप उत्साह प्रदान गरेको अग्रवालले बताए ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टका प्राविधि र टेलिकमका प्रबन्ध निर्देशक र प्रमुख अभिनव सिन्हा भन्छन्ः ‘हामी यसका अनुभवी संस्थापक र व्यवस्थापन टोलीको नेतृत्वमा वल्र्डलिंकको विस्तार र प्रभावबाट प्रभावित भईरहेका छौ । हामीले सन् २०१९ देखि कम्पनीमा लगानी गरेसँगै उनीहरुले हजारौ घरपरिवार र व्यवसायहरुलाई इन्टरनेटमा जोड्दै उनीहरुको पहुँचमा उल्लेखनीय वृद्धि गरेका छन् । हाम्रो दोस्रो लगानीले वर्ल्डलिंकलाई नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवाको साथमा पुग्न कठिन क्षेत्रमा थप प्रवेश गर्न, थप रोजगारी र स्थानीय अर्थतन्त्रमा वृद्धिलाई प्रोत्साहन गर्ने अवसरहरु सिर्जना गर्न सहयोग गर्नेछ ।’  

नेपालका लागि बेलायती राजदूत निकोला पोलिट भन्छिनः ‘बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टले विश्वव्यापी रुपमा इन्टरनेट पहुँच प्रदान गर्न प्रयासरत रहेको वल्र्डलिंकलाई आफ्नो समर्थन जारी राखेको देख्दा म खुसी छु । नेपालमा दिगो आर्थिक विकासका लागि डिजिटल रुपान्टरण एक प्रमुख कारक हो र यस क्षेत्रका घर परिवार र व्यवसावहरुलाई समर्थन गर्नेजस्ता लगानीहरु महत्वपूर्ण छन् ।’

वर्ल्डलिंकमा हाम्रो लगानी, हाम्रो साझेदारी बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टसँगसँगै रोजगारीहरुलाई थप क्षेत्रहरुमा पुग्न सक्षम बनाउने डोल्मा फण्ड म्यानेजमेन्टका संस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्राध्यापक टिम गोचर ओबीईले बताए । स्वास्थ्य, शिक्षा, वित्तिय र व्यापारदेखि व्यापार सेवाहरुमा राम्रो पहुँचका साथै विश्वव्यापी डिजिटल अर्थतन्त्रमा व्यापक सहभागिता हुने उनको भनाई थियो ।