काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने आगामी बैठकको अपेक्षा बढ्दै जाँदा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्वको समाधानमा युक्रेनको अडानलाई पुनः पुष्टि गर्दै कडा शब्दमा बयान दिएका छन् ।
शनिबार राति एक भिडियो सम्ब...