इटहरीमा ९० करोडको लगानीमा खाद्य तेल उद्योग आउँदै, दैनिक १५० मेट्रिक टन उत्पादन हुने
काठमाडौं : सुनसरीको इटहरीमा निजी क्षेत्रको करिब ९० करोड रुपैयाँ लगानीमा आधुनिक खाद्य तेल प्रशोधन उद्योग स्थापना हुने भएको छ। रोयल एडिबल आयल्स प्रालिले दैनिक १५० मेट्रिक टन उत्पादन क्षमता भएको उद्योग निर्माण गरिरहेको हो।
उद्योग सञ्चालनमा आएपछि स्वदेशमै सोयाबिन, सूर्यमुखी र तोरीको कच्चा...