काठमाडौं : नेपालको बैंकिङ क्षेत्र पछिल्लो समय संरचनागत र आर्थिक चुनौतीको चपेटामा रहेपनि क्रमशः सुधारतर्फ उन्मुख देखिन थालेको छ । प्रशस्त तरलता, घट्दो ब्याजदर र बाह्य आर्थिक सूचक सन्तोषजनक रहे पनि आन्तरिक अर्थतन्त्र सुस्त हुँदा कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन ।
निजी क्षेत्रक...