काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १.५३ अंकले बढेर २६९५.७३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा आठ अर्ब २२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कालिञ्चोक दर्शन कम्पनी रहेको । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सान्भि इनर्जीको शेयरमूल्य ४.६३ प्रतिशतले घटेको छ ।
Advertisment