बुटवल : लुम्बिनी केबलकार जेठ १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिकरुपमा सञ्चालन हुनु पूर्व मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु गरिएको छ। भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ...