नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो । त्यसमा पनि उपयुक्त अवधि माघ, फागुन र चैत हो । यो बेला यहाँ हरेक निर्माणका कामले गति लिने गर्दछ । त्यो समय नदीनाला सुकेका कारण नदीजन्य निर्माणको कामहरू सहजै गर्न सकिन्छ । जमिनमुनिका कामहरू गर्न पनि यही समयमा सहज हुन्छ । यसो भन्दै गर...