Below Menu

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २० गते बसेको बैंकको सञ्चालक समितिको ६५७औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.१८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Sponsored Advertisement

बैंकले हाल कायम चुक्ता पुँजीको ३.४० प्रतिशतका दरले हुन आउने १६ करोड ६९ लाख १७ हजार ३९९ दशलमव ४४ कित्ता बोनस शेयर र सोको कर प्रयोजनका लागि ३.७८ प्रतिशतका दरले हुन आउने १७ करोड ५ लाख २६ हजार ४२४  दशलमव २९ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ । 
 

थप समाचार