Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

झिनो अंकले बढ्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.६४ अंकले बढेर  २६५२.५८ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १२.९५ अंकले घटेर २६५२.५८ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका १५८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ७२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज घोराही सिमेन्ट इन्डष्ट्रिज कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.०८ प्रतिशतले बढेको हो । आज घोराही सिमेन्ट इन्डष्ट्रिज कम्पनीको शेयरमूल्य ४.४३ प्रतिशतले घटेको छ । 
 

थप समाचार