Below Menu

नेपालकै पहिलो एआई एयर फ्रायरसहित सिजीका स्मार्ट उपकरण बजारमा

नेपालकै पहिलो एआई एयर फ्रायरसहित सिजीका स्मार्ट उपकरण बजारमा

तिहारमा बनाइने सेलरोटी, फिनी, अनरसा लगायतका परम्परागत परिकारमा तेलको प्रयोग बढी हुने भएकाले स्वास्थ्यलाई ध्यानमा राख्दै कम्पनीले ९० प्रतिशतसम्म कम तेलमा परिकार तयार गर्न सकिने एयर फ्रायर बजारमा ल्याएको हो। यी उपकरणले स्वादसँगै स्वास्थ्य, समयको बचत र भान्साको सहजतालाई प्राथमिकता दिएका छन्।

Sponsored Advertisement

काठमाडौं : तिहारलाई स्वादिष्ट र स्वस्थकर बनाउन सिजी इलेक्ट्रोनिक्सले स्मार्ट घरायसी उपकरण (एसडीए) अन्तर्गत प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाका अत्याधुनिक एयर फ्रायर बजारमा उपलब्ध गराएको छ।

नेपालकै पहिलो एआई एयर फ्रायरमा आकर्षण

सिजीको मोडल CGMRAF8LAI लाई नेपालकै पहिलो एआई एयर फ्रायरका रूपमा बजारमा प्रस्तुत गरिएको छ। यसमा रहेको कृत्रिम बौद्धिकता (एआई) प्रविधिले परिकारको प्रकृतिअनुसार आफैँ तापक्रम र पकाउने समय निर्धारण गर्छ। यसले खाना पकाउने प्रक्रियालाई सहज र स्मार्ट बनाउने कम्पनीको विश्वास छ।

यसका अतिरिक्त ग्राहकको रोजाइमा परेको अर्को लोकप्रिय मोडल CGMRAF7LS पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

१३ लिटर क्षमताको नयाँ स्मार्ट एयर फ्रायर

ठूला परिवार र चाडपर्वको जमघटलाई लक्षित गर्दै कम्पनीले १३ लिटर क्षमताको नयाँ मोडल CGMRAFO13L बजारमा ल्याएको छ। १ हजार ८०० वाट क्षमताको यस एयर फ्रायरमा १२ वटा स्मार्ट कुकिङ प्रिसेट मेनु, वाइड एंगल भ्युइङ विन्डो, तेलबिनै पकाउने सुविधा, ६० मिनेटको टाइमर र डिहाइड्रेटर फङ्सन उपलब्ध छन्।

यसमा एलईडी टच स्क्रिनमार्फत सहज रूपमा उपकरण सञ्चालन गर्न सकिन्छ। खाना पकाउने क्रममा ढोका खोल्दा आफैँ बन्द हुने अटो सट-अफ प्रविधिले सुरक्षालाई समेत ध्यान दिएको छ।

एयर फ्रायरसँगै आयल ट्रे, फ्ल्याट ग्रिल र्‍याक, स्यालो नेट ग्रिल र्‍याक, रोटेट बास्केट, चिकेन फोर्क र फेच टुललगायतका एसेसरिज उपलब्ध छन्। यी सामग्रीको प्रयोगबाट विभिन्न परिकार रोस्ट, ग्रिल र बेक गर्न सकिने कम्पनीले जनाएको छ।

देशभरका शोरुम र अनलाइनबाट खरिद गर्न सकिने

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका यी उत्पादन देशभरका २२ वटा सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शपबाट खरिद गर्न सकिन्छ। साथै कम्पनीका आधिकारिक बिक्री केन्द्र तथा वेबसाइट www.cgdigital.com.np र www.cginspiringlife.com मार्फत पनि उत्पादनबारे जानकारी लिन सकिनेछ।

ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन कम्पनीले ‘सीजी केयर्स’ एप सञ्चालनमा ल्याएको छ। एप तथा देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।

थप जानकारी तथा सेवाका लागि ग्राहकले सीजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सक्नेछन्। साथै प्लेस्टोर वा एपस्टोरबाट ‘सीजी केयर्स’ एप डाउनलोड गर्न सकिनेछ।

थप समाचार