काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.४० अंकले घटेर २६६५.५३ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ६.५२ अंकले बढेर २६६४.१३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा सात अर्ब ४३ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५ अर्ब ६५ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८५ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सिभिल बैंक डिबेञ्चरको शेयरमूल्य ६.३४ प्रतिशतले घटेको छ ।