Below Menu

नेपाल वेयर हाउजिङ्ग कम्पनीको लकइन अवधि मंसिर १९ गतेबाट सकिने

नेपाल वेयर हाउजिङ्ग कम्पनीको लकइन अवधि मंसिर १९ गतेबाट सकिने

काठमाडौं : नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) मंसिर १९ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
 
कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि ५५ लाख २७ हजार ५०० कित्ता शेयर लकइनमा राखेको थियो ।

Sponsored Advertisement

कम्पनीले ५५ लाख कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये २७ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो । 

उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।