उद्यमशीलता र रोजगारी बढाउने संकल्पसहित सकियो पाँचौँ युवा उद्यमशीलता सम्मेलन

उद्यमशीलता र रोजगारी बढाउने संकल्पसहित सकियो पाँचौँ युवा उद्यमशीलता सम्मेलन

काठमाडौं :  एआई, उद्यमशीलता र रोजगारीलाई आर्थिक रुपान्त्रणको आधार बनाउने संकल्पसहित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ को पाँचौ संस्करण सम्पन्न भएको छ । 

Sponsored Advertisement

नेपाल बिजनेस इन्ष्टिच्युट (ल्द्यक्ष्) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि वित्तीय पहुँचलगायत विषयमा छलफल गरिएको थियो । 

सम्मेलनमा करिब ४०० उद्यमी, युवा प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, निजी क्षेत्र, प्रविधि क्षेत्र र नीति निर्माणसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीहरूले युवा उद्यमशीलता प्रवद्र्धन, प्रविधिको उपयोग, लगानी विस्तार र उद्यममैत्री वातावरण निर्माणमा जोड दिएका थिए । 

सम्मेलनमा एआई तथा डिजिटल अर्थतन्त्रमा युवाको भूमिका उजागर, युवा उद्यमीको वित्तीय पहुँच विस्तारको आवश्यकता पहिचान, सीप विकास र रोजगारीबीचको सम्बन्धमा जोड तथा सरकार, निजी क्षेत्र र वित्तीय संस्थाबीच सहकार्यको महत्वलाई प्राथमिकता दिएको एनबिआईका कार्यकारी अध्यक्ष तथा सम्मेलन प्रमुख विशाल गैरेले जानकारी दिए ।  

सिविफिनका अध्यक्ष राजेश उपाध्यायले युवालाई सीप, पुँजी, प्रविधि र बजारसँग जोड्दै उद्यमशीलता तथा रोजगारी सिर्जनामार्फत नेपालको अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।  सरकार, बित्तिय संस्थाहरु र युवा उद्यमीहरुको सामुहिक प्रयासबाट मात्र उद्यमशीलताले अनुकुल बातावरण प्राप्त गर्ने उनको भनाई छ । 

सम्मेलनमा नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिना, योजना आयोगका सदस्य डा. सुदन झा, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, प्रतिनिधि सभा सदस्य एवं उद्यमी बिदुषि राणा, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, बरिष्ठ उद्यमी पवन गोल्यान, वल्र्ड लिंकका अध्यक्ष दिलिप अग्रवाल, एफवान् सफ्टका सह–संस्थापक सुवास सर्मा,  नाडाका पुर्व अध्यक्ष करण चौधरी, नेपाल एआई एसोसिएसनका अध्यक्ष शैलेन्द्रराज गिरी, शिक्षाबिद् प्रा.डा रोशी लामिछाने, इन्जिनियर प्रकाश कुमार केजरीवाललगायतका बक्क्ताहरुले बिभिन्न सेसनमा प्रस्तुती दिएका थिए भने । बिभिन्न सेसनको मोडरेटर सिवानी थापा बस्नेत, कुवेर चालिसे, सञ्जोग कोइराला, ओमकार जयसवाल, अक्षितराज पौडेललगायतले मोडरेटर गरेका थिए ।  

‘ल्भहतन्भल ल्भउबःि ब्क्ष्, भ्लतचभउचभलभगचकजष्उ ७ भ्mउयिथmभलत ायच तजभ ँगतगचभ’ नारासहित आयोजना गरिएको सम्मेलनले युवा क्षमतालाई उत्पादन, नवप्रवर्तन र रोजगारीमा रूपान्तरण गर्दै आत्मनिर्भर तथा समृद्ध नेपाल निर्माण गर्न सहकार्य आवश्यक रहेको सन्देश दिएको छ । 


 

थप समाचार