काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब १३ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ७३ करोड ६९ लाख बराबरको कारोबार भएको थियो ।
आज कुमारी बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सिद्धार्थ बैंक डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १३.२१ प्रतिशतले बढेको हो । आज सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य ६.३२ प्रतिशतले घटेको छ ।