चीनमा गणेश पराजुलीले उठाए हिमालय संरक्षण र आर्थिक रूपान्तरणको मुद्दा 

चीनमा गणेश पराजुलीले उठाए हिमालय संरक्षण र आर्थिक रूपान्तरणको मुद्दा 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले हिमालयको संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा उद्योग, शिक्षा र प्रविधिमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् । 

Sponsored Advertisement

चिनियाँ जनताको वैदेशिक मित्रता संघ (Chinese People’s Association for Friendship with Foreign Countries-CPAFFC) द्वारा ‘दिगो भविष्यका लागि गुणात्मक वृद्धिमा साझेदारी’ -Sharing Quality Growth for a Sustainable Future_ भन्ने नारासहित चीनमा आयोजित २०२६ लेजिस्लेटर्स फोरम फर फ्रेन्ड्ली एक्सचेन्जेस (२०२६Legislators Forum for Friendly Exchanges_ मा नेपालको प्रतिनिधित्व गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उक्त कार्यक्रममा ५२ देशका सभामुख, उपसभामुख, मन्त्री तथा सांसदसहित ६६ जनाभन्दा बढी कानुन निर्माता सहभागी रहेको बताइएको छ । कार्यक्रममा पराजुलीले ‘उद्योग, शिक्षा र नयाँ गुणात्मक उत्पादक शक्ति’ -Industry, Education, and New Quality Productive Forces_ विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गरेका थिए । 

हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति समेत रहेका पराजुलीले सम्बोधनका क्रममा उनले हिमनदी पग्लिने क्रम, बाढी तथा पहिरोजस्ता जलवायुजन्य विपद्का प्रभाव कुनै देशको सीमामा सीमित नहुने उल्लेख गर्दै हिमालयको संरक्षण, प्रभावकारी विपद् पूर्वसूचना प्रणाली र जलवायु उत्थानशीलताका लागि विश्वव्यापी ऐक्यबद्धता तथा सहकार्य आवश्यक रहेको बताए ।

पराजुलीले नेपालको आर्थिक रूपान्तरणका लागि शिक्षा र उद्योगबीचको दूरी अन्त्य गर्दै व्यावहारिक सीप विकास, अनुसन्धान, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । शैक्षिक संस्थालाई उद्योगको आवश्यकतासँग जोडेर युवाका लागि स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको धारणा थियो ।  

त्यसैगरी, नेपाली हस्तकला, कृषि उत्पादन तथा जडीबुटीलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके निर्यात प्रवद्र्धन र आर्थिक विकासमा योगदान पुग्ने उनले बताए । 

नेपाल–चीन सहकार्यका सम्भावनाबारे चर्चा गर्दै उनले सूचना प्रविधि, कृत्रिम बौद्धिकता (ब्क्ष्), डिजिटल सीप, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उल्लेख गरे । चीनको औद्योगिक तथा प्राविधिक अनुभवलाई नेपालको युवा जनशक्ति र उद्यमशीलतासँग जोड्न सके रोजगारी सिर्जना र दिगो आर्थिक विकासका नयाँ अवसर खुल्ने उनको भनाइ थियो । 

पराजुलीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई शिक्षा, प्रविधि, लगानी र युवा जनशक्ति विकासमा केन्द्रित व्यावहारिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै साझा प्रयासबाट दिगो विकास र पारस्परिक समृद्धि हासिल गर्न सकिने धारणा राखे । पराजुली कार्यक्रममा सम्पन्न गरी बिहिवार नेपाल फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।