बिटौरी जग्गा दर्ताका लागि समिति गठन गर्ने निर्णय, भूकम्प कोषबारे विश्व बैंकसँग सम्झौता गरिने

बिटौरी जग्गा दर्ताका लागि समिति गठन गर्ने निर्णय, भूकम्प कोषबारे विश्व बैंकसँग सम्झौता गरिने

काठमाडौं : सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ मण्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । 

Sponsored Advertisement

यस्तै मन्त्रिपरिषद्को बैठकले जापानको आईची-नागोयामा भएको २०औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । 

साथै, बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरुको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने र नेपाल न्याय सेवा, सरकारी समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।