काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले बढ्यो छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २.३१ अंकले बढेर २५७४.६५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८० कम्पनीको शेयरमूल्य बढेको छ । भने ८९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ८३ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ९३ करोड ५ लाख बराबरको कारोबार भएको थियो ।
आज कुमारी बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ४.९१ प्रतिशतले बढेको हो । आज रिज लाइन इनर्जीको शेयरमूल्य ७.८५ प्रतिशतले घटेको छ ।