अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी-सेभेन एग्रिकल्चर

अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी-सेभेन एग्रिकल्चर

काठमाडौं : नेपालमा आधुनिक कृषि प्रविधि विस्तार गर्दै आएको जी-सेभेन एग्रिकल्चर प्रालि ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६’ को प्लेटिनम प्रायोजक बनेको छ।

Sponsored Advertisement

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ लगायतका निकायको सहकार्यमा आयोजना हुन लागेको यस प्रदर्शनीमा जी-सेभेनले मुख्य प्रायोजकको रूपमा सहकार्य गर्ने भएको हो।

विशेष गरी थोपा सिँचाइ, स्प्रिंकलर सिँचाइ र आधुनिक ग्रीनहाउस प्रविधिमा अग्रणी तथा विशिष्ट पहिचान बनाएको कम्पनीका रूपमा जी-सेभेन एग्रिकल्चर परिचित छ। इजरायलमा ७ वर्षभन्दा बढी समय कृषि क्षेत्रको प्रत्यक्ष अनुभव हासिल गरी सन् २०११ मा नेपाल फर्किएका अर्जुन प्रसाद लुइँटेलसहितको टोलीले यो कम्पनी स्थापना गरेको हो। कम्पनीले ललितपुरको हरिसिद्धीस्थित आफ्नै फेब्रिकेसनमार्फत आधुनिक ग्रीनहाउस निर्माण तथा उत्पादन गर्दै आएको छ।

‘कृषिमा यन्त्र र प्रविधि स् कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त प्रदर्शनी आगामी मंसिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २०-२२, २०२६) काठमाडौंको भृकुटीमण्डपमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

हाल नेपालका ६५ भन्दा बढी जिल्लामा प्रविधिको पहुँच पुर्‍याएको जी-सेभेनमा ६० जना भन्दा बढी दक्ष प्राविधिक तथा विशेषज्ञहरू कार्यरत छन् भने देशभर ६० भन्दा बढी डिलर तथा सेवा साझेदारहरूमार्फत किसानलाई प्रत्यक्ष सेवा प्रदान भइरहेको छ।
 

थप समाचार