काठमाडौं : सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.६६९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।