काठमाडौं : युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिद्वारा आयोजित ‘युनाइटेड डिलर समिट २०२३’ सफलतापूर्वक सम्पन्न भएको छ।
कम्पनीका डिलर तथा व्यावसायिक साझेदारहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादनलाई सम्मान गर्ने तथा नयाँ उत्पादनहरू सार्वजनिक गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम २१ देखि २५ सेप्टेम्बर २०२६ सम्म थाइल्याण्डको पटायास्थितद होलिडे रिसोर्ट पटाया मा सम्पन्न भएको हो।
कार्यक्रममा कम्पनीका विभिन्न क्षेत्रका डिलर तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। Veedol Lubricant and Nepal Gold Lubricant Brand का Dealersहरूले Dealers Summit 2083 मार्फत कम्पनी र डिलरहरूबीच आपसी अनुभव, व्यवसायिक सम्भावना, बजारका अवसर तथा आगामी सहकार्यका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमको अर्को प्रमुख आकर्षणका रूपमा Veedol Lubricant and Nepal Gold Lubricant Brand का उत्कृष्ट डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई Award Ceremony मार्फत सम्मान गरिएको थियो। व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने डिलर तथा टप परफर्मरहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
यसै अवसरमा बाइक तथा स्कुटरका लागि नयाँ Engine Oil, Scooter Gear Oil, Chain Lube साथै Diesel Exhaust Fluid (DEF) समेत सार्वजनिक गरिएको थियो। नयाँ उत्पादनहरूको सुरुवातसँगै कम्पनीले ग्राहकको बदलिँदो आवश्यकता र बजारको मागअनुसार आफ्नो उत्पादन पोर्टफोलियोलाई थप विस्तार गर्ने दिशामा अघि बढेको जनाएको छ।
कार्यक्रममा व्यवसायिक छलफलसँगै विभिन्न Entertainment तथा Interactive Activities समेत आयोजना गरिएको थियो। यस्ता गतिविधिले डिलर र कम्पनीबीचको व्यावसायिक सम्बन्धलाई थप आत्मीय र मजबुत बनाउन सहयोग पुर्याएको थियो।
कार्यक्रमबारे प्रतिक्रिया दिँदै United Lubricants Industries Pvt. Ltd. का Deputy General Manager दिनेश खनालले UNITED DEALERS SUMMIT 2083 सफल, फलदायी र ऊर्जावान रहेको बताए ।
उनका अनुसार, कार्यक्रमले कम्पनी र डिलरहरूबीचको सहकार्यलाई थप बलियो बनाउनुका साथै आगामी दिनमा व्यवसायिक विकास र नयाँ अवसरहरूका लागि सकारात्मक ऊर्जा प्रदान गरेको छ।
UNITED DEALERS SUMMIT 2083 ले कम्पनी, डिलर तथा व्यावसायिक साझेदारहरूबीचको सहकार्य, विश्वास र सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी यात्राका लागि नयाँ उत्साह र ऊर्जा प्रदान गरेको छ।