झिनो अंकले सुधारियो शेयर बजार, पौने पाँच अर्बको कारोबार 

झिनो अंकले सुधारियो शेयर बजार, पौने पाँच अर्बको कारोबार 

काठमाडौं :  साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.८२ अंकले घटेर २५९८.८९ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका १३९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा भने पनि वृद्धि देखिएको छ । आज बजारमा चार अर्ब ८९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सिद्धार्थ बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा सिन्धु विकास बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १०.८१ प्रतिशतले बढेको हो । आज सयपत्री हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.६६ प्रतिशतले घटेको छ । 
 

थप समाचार