काठमाडौं : चिरख्वा हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) कात्तिक १४ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले संस्थापक शेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र कर्मचारीहरुका लागि ३० लाख २० हजार ७०० कित्ता शेयर लकइनमा राखेको थियो ।
कम्पनीले २७ लाख कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये २ लाख ४ हजार ७०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो ।
उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।