काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ७ प्रतिशत बोनसपछिको छ लाख ५३ हजार ७६४ दशमलव ६५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।