भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट : नेपाल-भारत सम्बन्ध सधैँ प्रगाढ रहने प्रधानमन्त्रीको विश्वास

भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट :  नेपाल-भारत सम्बन्ध सधैँ प्रगाढ रहने प्रधानमन्त्रीको विश्वास

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् । 

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी गरेको बिदाइ भेटका क्रममा सम्माननीय प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

सो क्रममा प्रधानमन्त्रीले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे । भेटका अवसरमा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गरे । 

सो भेटघाटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।