काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १४५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।