काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।