काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत बोनसपछिको १२ लाख ९ हजार ८६२ दशमलव ५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।