लाभांश प्रस्तावसहित सानिमा मिडिल तमोरले बोलायो असोज ३० गते साधारणसभा 

लाभांश प्रस्तावसहित सानिमा मिडिल तमोरले बोलायो असोज ३० गते साधारणसभा 

काठमाडौं : सानिमा मिडिल तमोर हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ३० गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभा कुण्डलिनी दरबार ब्याक्वेट चण्डोल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ  । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार असोज १६ गतेसम्म कायम शेयरधनीले कम्पनीको वार्षिक साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

थप समाचार