काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार २०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १६५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।