काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६५४.२८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २७.०६ अंकले बढेर २६५४.२८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा छ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा सात अर्ब ५ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्टस् कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा धौलागिरी लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.५४ प्रतिशतले घटेको छ ।