स्वेडा इक्विटी फण्डले १०.५२ प्रतिशत लाभांश दिने 

स्वेडा इक्विटी फण्डले १०.५२ प्रतिशत लाभांश दिने 

काठमाडौं : स्वेडा इक्विटी फण्ड लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६३१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.५२६३१६ प्रतिशतका दरले हुन आउने एक करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ बराबरको करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २८ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको कार्यालय लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३र८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

थप समाचार