सिटिजन्स शेयर ब्रोकरद्वारा लाभांश घोषणा, असोज २६ गते बोलायो साधारणसभा 

सिटिजन्स शेयर ब्रोकरद्वारा लाभांश घोषणा, असोज २६ गते बोलायो साधारणसभा 

काठमाडौं : सिटिजन्स शेयर ब्रोकर लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.६५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.६५ प्रतिशतका दरले हुन आउने ९३ लाख रुपैयाँ बराबरको करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २६ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा ससटिजन्स शेयर ब्रोकर लिमिटेडको प्रधान कार्यालय कुपण्डोल ललितपुरमा बिहान ८ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

थप समाचार