नेप्से परिसूचकमा २२ अंकको वृद्धि, कारोबार रकम छ अर्ब ७४ करोडमाथि 

नेप्से परिसूचकमा २२ अंकको वृद्धि, कारोबार रकम छ अर्ब ७४ करोडमाथि 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ११.९३ अंकले बढेर २६२४.३६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा छ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कुमारी बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा स्नो रिभर्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १३.६६ प्रतिशतले बढेको हो । आज हाथवे इन्भेष्टमेन्ट नेपालको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।  
 

थप समाचार