काठमाडौं : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानिसम्बन्धी विधेयकमाथिको छलफलमा उद्योगको संरक्षण, प्रवर्द्धन र राष्ट्रिय पूँजी निर्माणमा यस क्षेत्रले पुर्याउन सक्ने योगदानलाई गम्भीरताका साथ हेर्नुपर्ने उल्लेख गरेका छन् ।
समितिमा धारणा राख्दै सभापतिले नेपाल खनिज पदार्थको प्रचुर सम्भावना बोकेको र त्यसको सही व्यवस्थापन गरी रोजगारी र कुल गार्हस्थ्य उत्पादन ९न्म्ए० बढाउने तथा राज्यलाई नोक्सान नहुने गरी अघि बढ्नुपर्नेमा सम्बन्धित निकायको ध्यान आकर्षण गरे ।
विधेयकमा ६० भन्दा बढी संशोधनहरू प्राप्त भएको उल्लेख गर्दै उनले सरोकारवालाहरूका समस्या र व्यावहारिक अनुभवहरूलाई ध्यानमा राखेर कानुन परिमार्जन हुनपर्ने सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन गराए ।