काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशतका दरले हुन आउने एक करोड २५ लाख ७४ हजार १५ दशलमव ११ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५ प्रतिशतका दरले हुन आउने छ लाख ६१ हजार ७९० दशलमव २१ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।