काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड लिमिटेडले दोस्रो विशेष साधारणसभा असोज १६ गते आयोजना गर्ने भएको छ। भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा ललितपुरस्थित लक्ष्मी कम्प्लेक्सको छैटौं तल्ला, हात्तीसार, काठमाडौंमा दिउँसो ३ बजे बस्नेछ। सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ का उपदफाहरूमा संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ ।
यसका साथै सभाले हाल कायम चुक्ता पुँजीको ३३.३३ प्रतिशत (३ः१) हकप्रद शेयर जारी गर्ने तथा सो सम्बन्धी आवश्यक कार्यका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
यसैगरी, संस्थासँग मर्ज वा एक्विजिसन गर्ने उद्देश्य रहेका अन्य लगानी संस्थासँग मर्जर वा एक्विजिसनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत विशेष साधारणसभामा छलफल गरिने कम्पनीले जनाएको छ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज ९ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द रहने जनाएको छ। जसअनुसार असोज ८ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको सभामा सहभागी हुन पाउनेछन्।