प्रतितोला २३ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो 

प्रतितोला २३ सय रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।