सिटिजन्स बैंक इन्टरनेशनलद्वारा लाभांश घोषणा 

सिटिजन्स बैंक इन्टरनेशनलद्वारा लाभांश घोषणा 

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि ४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजीको ३.८० प्रतिशतका दरले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार ६१४ दशलमव ३४ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२० प्रतिशतका दरले हुन आउने तीन करोड १० लाख १४ हजार ९२७ दशलमव २३ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।