काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार बैंकको ५ प्रतिशत बोनसपछिको शेयरमूल्य ६९२.८६ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७२७.२७ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा बिहिबार कम्पनीको शेयर कारोबार हुनेछ ।