प्रभु स्टक मार्केटले ५ प्रतिशत लाभांश दिने 

प्रभु स्टक मार्केटले ५ प्रतिशत लाभांश दिने 

काठमाडौं : प्रभु स्टक मार्केट लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने एक करोड रुपैयाँ बाराबरको करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २३ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको कार्यालय बुद्धनगर, नयाँ बानेश्वरमा काठमाडौंमा दिउँसो ४ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

 

थप समाचार