काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २५.५५ अंकले बढेर २५८५.०४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २६५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा आठ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ६८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा धौलागिरी लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९६ प्रतिशतले बढेको हो । आज एभरेष्ट बैंक डिबेञ्चरको शेयरमूल्य ५.५५ प्रतिशतले घटेको छ ।