काठमाडौं : स्नो रिभर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ९ करोड २७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश वितरणका विद्युत नियमन आयोगले भदौ २६ गते पूर्व स्वीकृती दिएको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २१ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा लिसेरा रिसेप्सन्स प्रालि, भगवती बहाल नक्साल काठमाडौंमा बिहान ८ः३० बजे हुनेछ ।
सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ । जसअनुसार असोज ७ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साभारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।