नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो 

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो 

काठमाडौं : साताको चौथो कारोबार बिहिबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १५.४३ अंकले घटेर २५४५.४० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ६७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब १९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज लिबर्टी इनर्जी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४५ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा लिबर्टी इनर्जी कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सिन्घु विकास बैंकको शेयरमूल्य १४.९८ प्रतिशतले घटेको छ ।  
 

थप समाचार