हाथवे इन्भेष्टमेन्ट नेपालले चिनी मिल र जलविद्युत कम्पनीमा ४० करोड रुपैयाँ लगानी गर्ने

हाथवे इन्भेष्टमेन्ट नेपालले चिनी मिल र जलविद्युत कम्पनीमा ४० करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चिनी मिल र जलविद्युत कम्पनीमा गरी कुल ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको भदौ २४ गते बुधबार बसेको २५औँ सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले विजय श्री सुगर मिल्स लिमिटेडमा प्रतिशेयर १०० रुपैयाँका दरले २५ लाख कित्ता संस्थापक शेयर खरिद गरी कुल २५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।

त्यसैगरी, हिमाल हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरेको संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन २४.२९ मेगावाटको इन्दुवा खोला प्रोआर जलविद्युत् आयोजनामा प्रतिशेयर १०० रुपैयाँका दरले १५ लाख कित्ता संस्थापक शेयर खरिद गरी १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

 

थप समाचार