दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्बमाथिको कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, चार अर्बमाथिको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार बुधबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १८.०७ अंकले बढेर २५६०.८४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा चार अर्ब १९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब ८३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज रिलायन्स स्पिनिङ कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज इमर्जिङ नेपालको शेयरमूल्य १४.९९ प्रतिशतले घटेको छ ।  
 

थप समाचार