माथिल्लो मैलुङ खोला जलविद्युतको लक इन अवधि कात्तिक २ गतेबाट सकिँदै

माथिल्लो मैलुङ खोला जलविद्युतको लक इन अवधि कात्तिक २ गतेबाट सकिँदै

काठमाडौं : माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) कात्तिक २ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले संस्थापक शेयरधनी र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ८४ लाख ९० हजार ८०० कित्ता शेयर लकइनमा राखेको थियो ।

कम्पनीले ७० लाख कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १४ लाख ९० हजार ८०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो । 

उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

थप समाचार