नबिल इन्भेष्टमेन्ट बैंकिङले २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने

नबिल इन्भेष्टमेन्ट बैंकिङले २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने चार करोड ५० लाख रुपैयाँ बोनस शेयर र सोको कर प्रयोजनका लागि ११.०५२६३१५८ प्रतिशतका दरले हुन आउने चार करोड ४७ लाख ६३ हजार १५७ दशमलव ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २० गते १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा सेन्ट्रल प्लाजा, तेस्रो तल्ला नारायणचौर नक्साल, काठमाडौंमा बिहान ११ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

यसका साथै सभाले कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन स्वीकृत गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रियामा नियमनकारी निकाय/कार्यालयबाट कुनै फेरबदल/परिमार्जन गर्न वा मिलाउन सुझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ । जसअनुसार असोज ७ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साभारणसभामा भाग लिन र कम्पनीले वितरया गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

थप समाचार